Logo
४ आश्विन २०८१, शुक्रबार
(November 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्यको फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सोमबार सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ५०० रुपैयाँले नयाँ रेकर्ड राखेको सुनको मूल्यले मंगलबार पनि ३०० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो यो हालसम्मकै उच्च मूल्य हो। मंगलबार तेजावी सुन प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

यसअघि सोमबार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार छापावाला १ लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार १५ रुपैयाँले बढेर १ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार स्थिर छ।

 

प्रकाशित मिति: Nov 28, 2023

प्रतिक्रिया दिनुहोस्