Logo
४ आश्विन २०८१, शुक्रबार
(November 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता

कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र भारतीय समकक्षी अर्जुन राम मेघवालबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा कानुनी र न्यायिक सहयोग प्रवर्द्धनलगायतका विषयमा छलफल भएको हो ।

भारतीय कानुन तथा न्याय मन्त्री मेघवालले भेटबारे सामाजिक सञ्जालमा जानकारी दिँदै लेखेका छन्, ‘आज शास्त्री भवनस्थित कानुन तथा न्याय मन्त्रालयमा नेपालका कानुनमन्त्री श्री धनराज गुरुङसँग शिष्टाचार भेटवार्ता भएको छ ।

सो क्रममा दुई देशबिचको कानुनी र न्यायिक सहयोग प्रवर्द्धनलगायत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो ।’ मन्त्री गुरुङ हाल भारत भ्रमणमा रहेका छन् ।

प्रकाशित मिति: Nov 28, 2023

प्रतिक्रिया दिनुहोस्