Logo
४ आश्विन २०८१, शुक्रबार
(November 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद् बैठक : उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले जन्ममिति विवादमा परेर राजीनामा दिएका पाण्डेको राजीनामा स्वीकृत गरेको छ ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माका अनुसार पाण्डेले उपरथिबाट दिएको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । ‘नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाई आफ्नो पदबाट दिएको राजीनामा कार्तिक २४ गतेबाट लागु हुने गरी स्वीकृत गर्ने,’ मन्त्रिपरिषद्का निर्णयमा भनिएको छ । त्यस्तै, ऊर्जा सचिव दिनेशकुमार घिमिरेको राजीनामा पनि मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ ।

प्रकाशित मिति: Nov 23, 2023

प्रतिक्रिया दिनुहोस्