Logo
४ आश्विन २०८१, शुक्रबार
(November 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनकुटामा एकै परिवारका ३ जनाको शव फेला

धनकुटा नगरपािलका १ निगालेमा एकै परिवारका तीन जनाको शव फेला परेको छ । उक्त परविारको ६ वर्षकी एक छोरी भने सकुशल छिन् ।

३५ वर्षका टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षकी भीमा गुरुङ र १० वर्षका छोरा आयुष भने मृत फेला परेका हुन् । ६ वर्षकी छोरी आशिका भने सकुशल रहेको स्थानीयले बताएका छन् ।

उनीहरु आफ्नै घरभित्र मृत फेला परेका हुन् । प्रहरीले भने टिकारामले श्रीमती भीमा र छोरा आयुषको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको छ ।

प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको जनाएको छ । श्रीमान् श्रीमतीबीचको झगडाका कारण उक्त घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: Nov 23, 2023

प्रतिक्रिया दिनुहोस्