Logo
४ आश्विन २०८१, शुक्रबार
(November 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आशा लघुवित्तमा व्यवस्थापकद्धारा नियमित काममा नगए राजीनामा स्वीकृत गर्ने धम्की

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीलाई नियमित काममा नगए राजीनामा स्वीकृत गर्ने धम्की दिएको छ। लघुवित्तको व्यवस्थापक समूहले कर्मचारीहरूलाई संयुक्त र व्यक्तिगत रूपमा पत्राचार गर्दै धम्की दिएको पाइएको हो।

लघुवित्तले संयुक्त अनुरोध पत्रमा केही गल्ती स्वीकार गर्दै र केही नियम पुर्‍याएर माग पुरा गर्ने प्रतिबद्धता सहित नियमित काममा फर्किन आग्रह गरेको छ ।

व्यक्तिगत रूपमा कर्मचारीलाई पत्राचार गरेर संयुक्त राजीनामामा आफ्नो सहमति भएको वा नभएको खुलाउन आग्रह गर्दै तीन दिनमा प्रतिउत्तर नदिए राजीनामा स्वीकृतिको प्रक्रिया अगाडी बढ्ने चेतावनी दिएको छ।

दुवै पत्रमा लघुवित्तका निमित्त प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालको हस्ताक्षर रहेको छ । निमित्त सिइओ दुलाले प्रभावमा तथा दबाबमा वा अनधिकृत हस्ताक्षर हुन सक्ने भएकाले संयुक्त राजीनामामा आफ्नो सहमति भएको वा नभएको यकिन गर्न पुन व्यक्तिगत रूपमा नै पत्राचार गरिएको बताए।

‘मर्जर पश्चात् कर्मचारी व्यवस्थापनमा केही खटपट आउँछ नै त्यसैले नै मर्जर समितिले १ वर्षको समय राखेको हो ।’ उनले भने, ‘तलब समायोजनको विषय कानुन अनुसार गर्ने व्यवस्थापकले प्रतिबद्धता गरेको नै छ । उहाँहरूले नबुझ्नु भएको हो वा के भएको हो बुझ्न सकिएको छैन ।’

सिइओ दुलाले सकेसम्म नियमित काममा फर्किन आग्रह सहित पत्राचार गरेको र काममा फर्किन नचाहनेको हकमा राजीनामा दिएको हो होइन यकिन गरेपछि मात्रै के गर्ने भनेर व्यवस्थापन तथा बोर्ड टिमले छलफल गर्ने बताए ।

यद्यपि, कर्मचारी र व्यवस्थापनको टकराब सतहमै आएपछि व्यवस्थापनले छलफलबाट निचोड निकाल्नुपर्नेमा एकतर्फी तोकेता गरेको देखिन्छ ।

असन्तुष्टि जनाई रहेका एक कर्मचारीले भने, ‘छलफलमा बोलाउनु पर्नेमा एकतर्फी दबाबपूर्ण निर्देशन आएका छन् ।’ कर्मचारीले भनेजस्तै व्यवस्थापन समूहले कर्मचारीसँग कुनै छलफल नगरी ठाडो निर्देशन दिएको देखिन्छ ।

यता लघुवित्तको प्रवृत्ति सेवाग्राही प्रति गैर जिम्मेवार देखिएको छ । तीन दिनदेखि कार्यालयहरू कर्मचारीले ठप्प पारेका छन्, यसप्रति भने व्यवस्थापक समूह मौन रहेको छ ।

सेवा ग्राहीमा पर्न गएको असुविधालाई नजरअन्दाज गरी व्यवस्थापक समूहले कर्मचारीलाई एकतर्फी रूपमा कार्यालयमा जान मात्रै ठाडो निर्देशन दिएको छ ।

राष्ट्र उत्थानलाई प्राप्ति गरेपछि कर्मचारी व्यवस्थापन गर्न नसक्दा आशा लघुवित्तका कर्मचारीले आन्दोलनको तयारी सहित संयुक्त राजीनामा दिएका थिए । शुक्रवार हेटौडामा २ सय कर्मचारी उपस्थित भई संयुक्त राजीनामा दिएका हुन ।

 

प्रकाशित मिति: Nov 22, 2023

प्रतिक्रिया दिनुहोस्