Logo
४ आश्विन २०८१, शुक्रबार
(November 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राज्य सत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको छ : सांसद शर्मा

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले राज्य सत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् ।

मंगलबार विदेश भ्रमण गरी स्वदेश फर्किएका सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले केही सम्रान्त परिवार र पार्टीका केही व्यक्तिहरुले मात्रै राज्य संयन्त्रको दोहन गरिरहेको बताए । उनले दूरदराजमा भएका भुईँ मान्छेहरुका आवाज, गरिवका आवाज उठाउन नदिएको बताए ।

उनले चाडपर्वका बेलामा चिनी अभाव गराइ रातारात कालोबजारीमा परिणत गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परिवारका सदस्यहरुले गरेको आरोप लगाए ।

सांसद शर्माले देशमा लोकतन्त्रको विकल्प नभएको तर नियन्त्रित डेमोक्रेसीको रुपमा नेपालमा प्रणालीलाई विकसित गरिएको बताए ।

 

प्रकाशित मिति: Nov 21, 2023

प्रतिक्रिया दिनुहोस्