Logo
४ आश्विन २०८१, शुक्रबार
(November 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यायाधीश सिफारिसका लागि सर्वोच्चमा अनौपचारिक बैठक

सर्वोच्च अदालतमा रिक्त ७ न्यायाधीशको सिफारिसको सम्बन्धमा छलफल गर्न प्रधानन्यायाधीशले अनौपचारिक बैठक डाकेका छन् । न्यायाधीश सिफारिसका सम्बन्धमा सहमति जुटाउन प्रधानन्यायाधीश सहितका न्याय परिषद्का चार सदस्य सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।

सर्वोच्च अदालत श्रोतका अनुसार यतिबेला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सदस्य रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सर्वोच्च अदालतमा बैठक बसिरहेका छन् ।

न्याय परिषद्का सदस्य रहने कानुनमन्त्री धनराज गुरुङ नआइपुगेको कारण यतिबेला उनीहरु आन्तरिक छलफलमै रहेका छन् ।

सोमबार पनि प्रधानन्यायाधीश श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश खतिवडा र न्याय परिषद्का सदस्यहरुले अनौपचारिक छलफल गरेका थिए ।

सोमबारको छलफलबाट कस कसलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने भन्ने सम्बन्धमा सहमति हुन नसकेपछि मंगलबार बिहानै अनौपचारिक छलफल भएको हो ।

मंगलबारको पेसी सूचीमा समेत प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई पेसी तोकिएको छैन ।

मंगलबार साँझसम्म परिषद्को बैठक बसेर सर्वोच्च अदालतमा सिफारिस हुने व्यक्तिहरुको नाम टुङ्ग्याई सिफारिस गर्ने तयारी रहेको सर्वोच्च अदालत श्रोतले जनाएको छ ।

प्रकाशित मिति: Nov 21, 2023

प्रतिक्रिया दिनुहोस्