Logo
४ आश्विन २०८१, शुक्रबार
(November 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थतन्त्रका सूचक सकारात्मक छन्, नेपालमा लगानी बढ्दै छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताएका छन् ।

सोमबार काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा लगानी बिस्तारै बढ्दै गइरहेको बताए । उनले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गरे ।

उनले विदेशी पर्यटकहरूको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरू बिस्तारै बढ्दै जाने बताए । उनले अर्थतन्त्रका सूचकहरू सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने उल्लेख गरे ।

अर्थमन्त्री महतले अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरूसँग थप सुझाव सल्लाह लिएर अघि बढ्ने बताए ।

प्रकाशित मिति: Nov 20, 2023

प्रतिक्रिया दिनुहोस्