Logo
४ आश्विन २०८१, शुक्रबार
(November 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकता संयोजन समिति गठन गर्न माओवादी र नेसपाको वार्ता समितिस्तरमा सहमति

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता गर्ने प्रयास स्वरुप आइतबार छलफल भएको छ । नेसपाको तर्फबाट बनाइएको वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठ र माओवादीको तर्फबाट संयोजक कृष्णबहादुर महरा नेतृत्वको टोलीबिच वार्ता भएको हो ।

बैठकले एकताका लागि दुवै पार्टीको एकता संयोजन समिति गठन गर्ने सहमति जुटाउँदै त्यसका लागि आ–आफ्नो पार्टी केन्द्रलाई सुझाव दिने निर्णय गरेको छ ।

दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको महरा र श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: Nov 19, 2023

प्रतिक्रिया दिनुहोस्