Logo
४ आश्विन २०८१, शुक्रबार
(October 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा रूपक सापकोटालाई नियुक्त गरिएको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सापकोटालाई प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकारका गोविन्द आचार्यले जानकारी दिए ।

सापकोटालाई आज प्रधानमन्त्री कार्यालयबाट नियुक्ति पत्र दिएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रहिसकेका सल्लाहकार सापकोटा चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा अध्यापन पनि गराउँदै आएका छन् ।

प्रकाशित मिति: Oct 20, 2023

प्रतिक्रिया दिनुहोस्