Logo
१० माघ २०८१, बिहीबार
(October 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी अस्पतालमा २ सय शैय्याको सुत्केरी वार्ड निर्माण, स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

पोखरा स्थित पश्चिमाञ्चल क्षत्रीय अस्पतालभित्र निर्माण भएको प्रसुती भवनको उद्घाटन भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भवन उद्घाटन गरेका हुन् । २ सय शैय्याको उक्त भवन २७ करोड लागतमा निर्माण भएको हो ।

भवन उद्घाटन गर्दै बस्नेतले देशमा भ्रष्टाचारको जालो अत्यधिक बढेको बताए । ‘जसले सबैभन्दा बढी भ्रष्टाचार गर्छ, उसैले बढी भ्रष्टाचार विरोधी कुरा गर्छ । जो सबभन्दा बढी कुशासक छ, उसैले बढी सुशासनको कुरा गर्छ,’ उनले भने, ‘अहिले यो र उ नभनिकन सबै मुलुकलाई सुधार्न लागौं ।’

उनले स्वास्थ्य क्षेत्रमा कार्यरतहरुले कम्तिमा रक्सी चुरोट सेवान गर्न नहुने बताए । ‘सुर्तीजन्य पदार्थको कारण हजारौंको ज्यान जान्छ । हामी सुर्ती खान्छौं, अरुलाई नखाउनुस भन्छौं । स्वास्थ्यका धेरे विद्यार्थीको ज्यान सुर्तीजन्य पदार्थ र रक्सी सेवनबाट भएको छ,’ उनले भने, ‘अरुलाई सुधार्न पहिला आफु सुध्रिनुपर्छ । स्वास्थ्यकर्मीहरुले कम्तिमा दिनको एक घण्टा आफ्ना लागि छुट्याउनुस् । ब्यायम गरेर स्वस्थ हुनुस् ।’

बस्नेतले गण्डकी अस्पतालमा उपकरण विस्तार र स्तरिय सेवा दिन संघ सँधै जिम्मेवार भएर लाग्ने बताए । उनले पहिला अस्पताल राम्रोसँग चलाउन सके मात्र प्रतिष्ठान राम्रो हुने भन्दै सेवामा ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति: Oct 20, 2023

प्रतिक्रिया दिनुहोस्