Logo
४ आश्विन २०८१, शुक्रबार
(October 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआरएनएका माग र एजेन्डा समेट्न सरकार प्रयासरत छ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) का माग सम्बाेधन गर्न पहल गरिरहेकाे बताएका छन्। मंगलबारदेखि राजधानीमा सुरु भएको संघको ११ औँ विश्व सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउदले एनआरएनएलाई प्रोत्साहन गर्न सरकारले नीतिगत पहल र प्रयत्न गर्दै आइरहेको जानकारी दिए।

उनले एनआरएनएको माग र एजेन्डा समेट्न परराष्ट्र मन्त्रालयले छुट्टै महाशाखा बनाएको उल्लेख गर्दै एनआरएनए भनेको सरकारको अवैतनिक राजदूत भएको बताए ।

‘एनआरएनएको माग र मुद्दा सम्बोधन गर्न सरकारले छुट्टै महाशाखाको व्यवस्था गरेको छ’, उनले भने, ‘सरकारले एनआरएनएलाई प्रोत्साहन गर्न नीतिगत पहल र प्रयत्न गर्दै आएको छ । यस विषयलाई थप गतिशील सार्थक बनाउन सरकार प्रयासरत छ भने नेपाल सरकार एनआरएनएसँग थप हातेमालो गर्न चाहन्छ ।’

उनले विदेशबाट लगानी भित्र्याउन र नेपाली कला तथा संस्कृतिलाई विश्वभर फैलाउन भूमिका खेल्न एनआरएनएलाई आग्रह गरे । उनले संघमा महिला, युवा र दोस्रो पुस्ताका एनआरएनएलाई समेट्दै दायरा फराकिलो बनाउन पनि आग्रह गरे । युवा र महिलालाई सशक्त बनाउँदै अघि बढ्दा एनआरएनए अभियानलाई थप बलियो बनाउन सकिने उनको भनाइ छ ।

प्रकाशित मिति: Oct 17, 2023

प्रतिक्रिया दिनुहोस्