Logo
४ आश्विन २०८१, शुक्रबार
(October 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलमा बेपत्ता विपिनको खोजी तीव्र छ उहाँलाई फिर्ता ल्याउँछौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायल बेपत्ता भएका विपिन जोशीको खोजी कार्य तीव्र रहेको बताएका छन् ।

कैलालीको चौमालास्थित गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले ‘प्रचण्ड’ले इजरायल लगायत वरिपरिका देशमा पनि विपिनको खोजी भइरहेको बताएका हुन् ।

प्यालेस्टाइन विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो । त्यस क्रममा बेपत्ता भएका कन्चनपुर भिमदत्त ३ का जोशी अहिलेसम्म सम्पर्कविहीन छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले अहिले इजरायलमा मात्र नभई हमास आबद्ध देशहरुम पनि खोजी भइरहेको बताए ।

‘वरिपरिका सबै देशहरू र हमाससँग सम्बन्धित देशमा पनि खोजी भइरहेको छ पहल भइरहेको छ’, प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘मलाई विश्वास छ चाँडै उहाँ फिर्ता हुनुहुनेछ ।’

प्रकाशित मिति: Oct 16, 2023

प्रतिक्रिया दिनुहोस्