Logo
४ आश्विन २०८१, शुक्रबार
(October 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेललेसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रमका बीच आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले सो प्रतिवेदन पेस गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांंस्कृतिक मुलुक भएकाले सबै जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सदभाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्त्वपूर्ण हुने बताए ।

आयोगको मुस्लिम समुदायको हक अधिकार संरक्षणमा गहन र महत्त्वपूर्ण दायित्व रहेको पनि राष्ट्रपति पौडेलले स्पष्ट पारे ।

उनले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम र क्रियाकलापहरु समेटेर पेस गरेको प्रतिवेदनका महत्त्वपूर्ण विषयहरुलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष अन्सारीले आयोगले गरेका काम कारबाहीको बारेमा संक्षिप्त जानकारी गराए । उनले मुस्लिम समुदायको हक अधिकारको संरक्षणलाई प्राथमिकता दिएर आयोगले काम गरिरहेको बताए ।

यसैबीच आजै आदिवासी जनजाति आयोग र थारु आयोगले पनि आफ्नो वार्षिक प्रतिवेदन बुझाएका छन् ।

प्रकाशित मिति: Oct 16, 2023

प्रतिक्रिया दिनुहोस्