Logo
४ माघ २०८१, शुक्रबार
(October 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हमास–इजरायल द्वन्द्व : अमेरिकामा ६ वर्षीय मुस्लिम बालकको छुरा प्रहार गरी हत्या

अमेरिकामा एक व्यक्तिले दुई जनालाई मुस्लिम भएको भन्दै छुरा प्रहार गर्दा एक बालकको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् । अमेरिकाको प्लेनफिल्डमा ७१ वर्षीय जोसेफ काजुबामाथि ६ वर्षीय बालकको हत्या र ३२ वर्षीया महिलालाई घाइते बनाएको आरोप लागेको हो ।

इलिनोइस क्याभिल काउन्टी सेरिफको कार्यालयले हमास र इजरायलबिच चलिरहेको द्वन्द्वका कारण पीडितहरूलाई लक्षित गरेको बताएको छ। काजुबालाई फर्स्ट-डिग्री हत्या, फर्स्ट-डिग्री हत्याको प्रयास, घृणा अपराध र बढ्दो आक्रमणको आरोप लगाइएको छ।

विल काउन्टी शेरिफको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा उनीहरूले शनिबार बिहान एक महिलाबाट आपतकालीन टेलिफोन प्राप्त गरे। घरधनीले आफूमाथि आक्रमण गरेको महिलाले बताइन् । महिलाका अनुसार उनी बाथरुममा लुकेकी थिइन्।

दुवै घाइतेलाई अस्पताल लगिएपनि बालकको मृत्यु भएको थियो । प्रहरी अनुसन्धानले बालकलाई २६ पटक छुरा प्रहार गरेको पाइएको छ । शेरिफको कार्यालयले भन्यो, ‘यस आक्रमणमा प्रयोग गरिएको चक्कु १२ इन्च सैन्य शैलीको चक्कु थियो जसमा सात इन्च ब्लेड थियो।’ आक्रमणमा गम्भीर घाइते भएकी महिला बाँच्ने अनुमान गरिएको छ ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणबाट सुरु भएको द्वन्द्वमा हजारौँ सर्वसाधारण मारिएका छन् । इजरायलमा १४०० जनाको मृत्यु भएको छ भने गाजामा इजरायलको आक्रमणका कारण २४५० जनाको मृत्यु भएको छ भने १ हजार जना बेपत्ता छन् ।

प्रकाशित मिति: Oct 16, 2023

प्रतिक्रिया दिनुहोस्