Logo
४ आश्विन २०८१, शुक्रबार
(October 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेसहितको राष्ट्रिय सरकार बनाएर संविधानका छिद्र पुर्नुपर्छ : सांसद देवकोटा

राष्ट्रियसभाका स्वतन्त्र सांसद खिमलाल देवकोटाले एमाले सहितको राष्ट्रिय सरकार बनाएर संविधानमा देखिएका सबै खाले छिद्रहरु पुर्नुपर्ने बताएका छन् ।

उनले नागरिकस्तरमा देखिएका गुनासाको सम्बोधन र शासन व्यवस्थामा देखिएका अविश्वासका खाडलहरु पुर्न संविधानमा सुधार गर्न जरुरी रहेको समेत बताएका छन् ।

‘संविधान संशोधन गरेर सांसदको संख्या, मन्त्रीको संख्या, निर्वाचन प्रणाली लगायतमा सुधार आवश्यक छ । नागरिक स्तरमा देखिएका गुनासाको सम्बोधन र शाशन व्यवस्थामा देखिएका अविश्वाशका खाडलहरु पुर्न संविधानमा सुधार जरुरी छ’, देवकोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।

साथै उनले संविधान संशोधन गर्न दुई तिहाईको वहुमत चाहिने भएकाले एमाले सहितको राष्ट्रिय सरकार बनाएर संविधानमा देखिएका सबै खाले छिद्रहरु पुर्ने काम गर्नुपर्नेमा जोड दिएका छन् । ‘निराशाको व्यापार फस्टयाउन नदेऊ’, देवकोटाले भनेका छन् ।

प्रकाशित मिति: Oct 16, 2023

प्रतिक्रिया दिनुहोस्