Logo
४ आश्विन २०८१, शुक्रबार
(October 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पार्‍यौं, अब ५ वर्ष नै चल्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोशीबाट भएको गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पारेको दाबी गरेका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको जनप्रेमी काम देखेपछि अब कहिल्यै सत्तामा फर्किन पाइँदैन भन्ने लागेर केही विच्छिप्त भएको टिप्पणी गरे ।

उनले भने, ‘उनीहरू कसरी गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने भनेर लागिरहेका छन् । यो गठबन्धन यसरी नै सुशासन र सामाजिक न्यायको पक्षमा लागिरहेपछि आत्तिएका छन् । अहिले कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य देखियो, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एकथरी मान्छे विछिप्त भएर यहाँ खेलर विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअनुसार अघि बढेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग सहमति गरेपछि त्यो षड्यन्त्र निस्तेज पारिएको छ । अब यो गठबन्धन पूरै कार्यकाल चल्छ ।’

फरक प्रसंगमा उनले भारत, अमेरिका र चीनसँगको सम्बन्ध मजबुत बनाउनु भनेको नेपाललाई राजनीतिक स्थायित्व र विकासलाई गति दिने प्रक्रिया भएको पनि बताए ।

प्रकाशित मिति: Oct 15, 2023

प्रतिक्रिया दिनुहोस्