Logo
४ आश्विन २०८१, शुक्रबार
(October 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गैरीगाउँ हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान

गैरीगाउँ हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गत भदौ २९ गते राती तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिलमा ४ जनाको हत्यामा जोडिएका भण्डारीलाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो ।

गत भदौ २९ गते साँझ करिब ८ बजेको समयमा तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिल भित्र ४ जनाको सामूहिक हत्या भएको थियो ।

घटनामा दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले भण्डारीलाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएका हुन् ।

प्रकाशित मिति: Oct 13, 2023

प्रतिक्रिया दिनुहोस्