Logo
४ आश्विन २०८१, शुक्रबार
(October 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेका प्रमुख जिल्ला अधिकारीसहित ४ जिल्लाका सीडीओको सरुवा

गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी ( प्रजिअ ) विपिन आचार्य सहित ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । धार्मिक र साम्प्रदायिक दङ्गा भड्किएपछि प्रजिअ आचार्यलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ । बाँकेको प्रमुख जिल्ला अधिकारीमा श्रवण कुमार पोखरेललाई पठाएको गृह मन्त्रालयका एक जना अधिकृतले बताए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् । सर्लाहीमा कार्यरत इन्द्रदेव यादवलाई जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा गरिएको छ । कोमल प्रसाद धमलालाई सर्लाहीमा सरुवा गरिएको छ । धमला दोलखाका प्रजिअ थिए ।

जिल्ला प्रशासन कार्यालय दोलखाको प्रजिअमा टुवराज पोखरेल लाई पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Oct 12, 2023

प्रतिक्रिया दिनुहोस्