Logo
५ आश्विन २०८१, शनिबार
(October 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलमा घाइते भएकाहरुको सरकारी खर्चमा उपचार गर : कांग्रेस

नेपाली कांग्रेसले इजरायल आक्रमणमा घाइते भएकाहरुको सरकारको खर्चमा उपचार गर्न माग गरेको छ ।

कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले १० जना नेपाली विद्यार्थीको समेत ज्यान लिने गरी हमासले गरेको आक्रमणको भर्त्सना गरेको छ ।

कांग्रेसले मृतकको शव यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउन माग गरेको छ । घटनामा घाइते भएका दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।

साथै सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्न समेत कांग्रेस संसदीय दलको बैठकले माग गरेको छ ।

कांग्रेसले इजरायलमा भएका नेपालीहरुको विवरण संकलन गरी जोखिममा रहेका नेपालीहरुको सकुशल उद्धार गर्न र सुरक्षित स्थानमा राखेर आवास र भोजनको व्यवस्था माग गरेको छ ।

साथै स्वदेश फर्कन चाहनेहरुलाई अविलम्ब फर्काउन समेत सरकारसँग माग गरिएको उनले बताए ।

प्रकाशित मिति: Oct 10, 2023

प्रतिक्रिया दिनुहोस्