Logo
५ आश्विन २०८१, शनिबार
(October 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलको नेपाली दूतावासलाई हिब्रु भाषा जानेको कर्मचारी भर्ना गर्न सरकारको अनुमति

सरकारले द्वन्द्वग्रस्त मुलुक इजरायलमा रहेको नेपाली दूतावासमा हिब्रु भाषा जानेको एक जना कर्मचारी भर्ना गर्न अनुमति दिएको छ ।

गत असोज २० गते इजरायलमा हमास विद्रोहीको आक्रमणमा १० नेपालीको निधन र एक बेपत्ता भएपछि त्यहाँ उद्धार तथा सहयोगको काममा सहायताका लागि स्थानीय भाषा जानेको कर्मचारी नियुक्त गर्न दूतावासलाई अनुमति दिइएको परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले जानकारी दिएका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै मन्त्री साउदले ५ हजार बढी नेपाली रहेको देशमा राजदूत सहित ३ कर्मचारीले बंकरमा लुक्दै पनि काम गरिरहेको जानकारी गराए ।

प्रकाशित मिति: Oct 10, 2023

प्रतिक्रिया दिनुहोस्