Logo
५ आश्विन २०८१, शनिबार
(October 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले निकट युवा संघको अगुवाइमा दुर्गा प्रसाईंलाई दलियो कालोमोसो

एमाले निकट युवासंघको अगुवाइमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कालोमोसो दलिएको खुलेको छ । सोमबार राजधानीको एल्लो प्यागोडामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा युवा संघको एक समूहले कालोमोसो दलेको हो ।

सो क्रममा सहभागीहरुले एमालेको पक्षमा नाराबाजी गरेको थियो । युवा संघका अध्यक्ष क्षितिज थेवेले दुर्गा प्रसाईलाई कालोमोसो दल्ने कार्यमा युवा संघको संलग्नता रहेको स्वीकार गरे ।

‘स्वतन्त्र युवाहरु दुर्गा प्रसाईको भड्काउपूर्ण अभिव्यक्ति, संविधानको मर्मविपरीत, संविधानलाई नै कुल्चेर, गणतन्त्रकै खिलापमा दिएको अभिव्यक्तिविरुद्ध उत्रिएका रहेछन् । हाम्रा साथीहरु पनि त्यही हुनुहुँदो रहेछ, स्वतन्त्र युवाहरुको अभियानलाई राम्रो लागेर हाम्रो साथीहरुले पनि सहयोग गर्नुभएको हो’, उनले भने । स्वतन्त्र युवाहरुको अभियानलाई मन परेपछि युवा संघका कार्यकर्ताहरुले कार्यमा सहयोग गरेको उनको भनाइ छ ।

राष्ट्रकै अहित हुने र समाजमा विग्रह ल्याउने कार्यमा प्रसाई संलग्न भएको दाबी गर्दै उनले स्वतन्त्र युवाहरुलाई युवासंघले सहयोग गरेर ठीक गरेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति: Oct 9, 2023

प्रतिक्रिया दिनुहोस्