Logo
५ आश्विन २०८१, शनिबार
(October 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलमा रहेका नेपालीहरुको उद्दार गर्न देउवाको माग

नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुको उद्दार तथा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गर्दै इजरायलमा रहेका नेपालीहरुलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन माग गरेका हुन् ।

‘आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्व कुटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन छिमेकी देशहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन, अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्वद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रह गरेका छन् ।

देउवाले इजलरालमा भएको आक्रमणको भर्त्सना गरे ।

प्रकाशित मिति: Oct 8, 2023

प्रतिक्रिया दिनुहोस्