Logo
५ आश्विन २०८१, शनिबार
(October 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो सरकार नेपाली नागरिकप्रति संवेदनशील छैन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार नेपाली जनताप्रति संवेदनशील हुन नसकेको बताएका छन् ।

आइतबार एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले इजरायलमा भएको हिंसात्मक घटनामा परी नेपाली विद्यार्थीहरू समस्यामा पर्दा समेत सरकारले ठोस पहल कदमी चाल्न नसकेको भन्दै उक्त घटनामा सरकार बेखवर जस्तै बनेको बताएका हुन् ।

‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हमासको आक्रमणको शिकार भएका छन्, उनीहरुको नियन्त्रणमा छन् तर सरकार आफ्ना नागरिक के कस्तो अवस्था छन् भन्ने कुरामा बेखवरजस्तै छ’, महासचिव पोखरेलले भने, ‘यो सरकार नेपाली जनता र नेपाली नागरिकप्रति संवेदनशील छैन भन्ने पुष्टि हुन्छ ।’ उनले प्रचण्ड नेतृत्वको सरकार नेपालीका लागि नभई विदेशीका लागि कम्फरटेवल भएको आरोप समेत लगाए ।

प्रकाशित मिति: Oct 8, 2023

प्रतिक्रिया दिनुहोस्