Logo
५ आश्विन २०८१, शनिबार
(October 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा गरियो, छिद्र टालौँ : सांसद थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा दिने गरिएको भन्दै बलियो कानुन बनाउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले संविधान दिवसका दिन केही व्यक्तिलाई संविधानको मर्म विपरीत र कानुनको छिद्रबाट कैद मिनाहा गरिएको भन्दै सरकारको यस कदमको विरोध गरेका हुन् ।

उनले सरकारले बदनियतका साथ निर्णय गरेको बताए । उनले गम्भीर अपराधमा दोषी ठहर गरिएकालाई कैद मिनाहा गर्नुको कारण सरकारले स्पष्ट पार्नुपर्ने बताए । सार्वजनिक रुपमा प्रश्न उठेको भन्दै उनले यसको जवाफ सरकारले दिनैपर्ने बताए ।

सांसद थापाले कानुनको छिद्रबाट यस्तो प्रकारको माफी दिइने गरेको भन्दै कानुनी छिद्र टाल्नुपर्ने बताए । यसको लागि अपव्याख्या नहुनेगरी एकीकृत कानुन बनाउनुपर्ने उनले बताए ।

सांसद थापाले फागुन ७ गतेभन्दा अगाडी नै कानुन बनाउनुपर्ने र त्यसपछि यस्तो घटना दोहोरिन दिनु नहुने बताए ।

 

प्रकाशित मिति: Oct 5, 2023

प्रतिक्रिया दिनुहोस्