Logo
५ आश्विन २०८१, शनिबार
(October 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत सवस्टेशनबारे आन्दोलित लप्सेफेदीका स्थानीयसँग वार्ता गर्न सांसद गौतमको माग

नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले आन्दोलित शंखरापुर–३ लप्सेफेदीका स्थानीयसँग वार्ता गरेर समस्याको समाधान गर्न आग्रह गरेकी छिन् ।

बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले सो स्थानमा बन्न लागेको अपर तामाकोशीको विद्युत प्रशारण लाइन सवस्टेशनको सन्र्दभमा करिब १७ सय रोपनी स्थानीयवासीको जग्गा रोक्का रहेको बताइन् ।

उनले मानव वस्ती बीचबाट प्रशारण लाइन लैजाँदा त्यहाँका जनताले असुरक्षाको महशुस गरेको जानकारी गराइन । लामो समयदेखि स्थानीयहरु मानव बस्तीबाहिर प्रशारण लाइन लैजान माग गर्दै आन्दोलित रहेको बताउँदै सांसद गौतमले त्यसबारेमा स्थानीयबासी प्रतिनिधिसँग सरकारले बार्ता गरी समाधान गर्नका लागि माग गरेकी छिन् ।

प्रकाशित मिति: Oct 5, 2023

प्रतिक्रिया दिनुहोस्