Logo
५ आश्विन २०८१, शनिबार
(October 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक खरिद ऐन विकास निर्माणका लागि सहज छैन : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन विकास, निर्माणका लागि सहज नभएको बताएका छन् ।

सरकारको प्रतिनिधि भएर पनि आफूले सो ऐनबारे आलोचना गर्नुपरेको उनको गुनासो थियो । बुधवार प्रतिनिधिसभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले आफू अर्थ समितिमा रहेका बेला सो ऐन संशोधनका लागि दिएको सुझाव पनि कार्यान्वयनमा आउन नसकेको दाबी गरे ।

मन्त्री ज्वालाले सार्वजनिक खरिद ऐन विकास, निर्माणका लागि सहज नभएकाले नै आफूले सो ऐनको नयाँ ड्राफ्ट बनाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसहितका सम्बन्धित निकायसँग छलफल गरी त्यसलाई अघि बढाउने काम गरेको बताए ।

मन्त्री ज्वालाले सार्वजनिक खरिद ऐन सम्बन्धी पुरानो विधेयक संशोधन गर्नेभन्दा पनि सरकारले नयाँ विधेयक बनाएर संसदमा छिटो पेश गर्ने तयारी गरिरहेको बताए ।

प्रकाशित मिति: Oct 4, 2023

प्रतिक्रिया दिनुहोस्