Logo
५ आश्विन २०८१, शनिबार
(October 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिगललाई उन्मुक्ति दिनु कानूनी राज्यको उपहास : पदम गिरी

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पीडितलाई न्याय दिनुको सट्टा राज्यले राजनीतिक सौदाबाजीका लागि पीडकलाई उन्मुक्ति दिनु कानूनी राज्यको उपहास भएको टिप्पणी गरेका छन् ।

सरकारले चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयपछि उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘पीडितलाई न्याय दिनुको सट्टा राज्यले राजनीतिक सौदाबाजीका लागि पीडकलाई उन्मुक्ति दिएको कुराले कानूनी राज्यको उपहास भएको छ । आफ्नो श्रीमानको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बस्नुभएकी भारती मानन्धरको जीवन रक्षाको माग गर्दै न्याय दिलाउन सरकारसँग जोडदार माग गर्दछु ।’

गम्भीर आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई राज्यले उन्मुक्ति दिँदा विधिको शासन, कानुनी राज्य र संविधानको बर्खिलाप हुन गएको बताए । श्रीमानको हत्यारालाई रिगललाई उन्मुक्ति दिएको विरोधमा भारती मानन्धर सर्वोच्च अदालतमा रिटसमेत दायर गरिसकेकी छन् ।

प्रकाशित मिति: Oct 4, 2023

प्रतिक्रिया दिनुहोस्