Logo
५ आश्विन २०८१, शनिबार
(October 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यायालयलाई गठबन्धनको विभाग बनाउन दिँदैनौँ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परीक्षामा फेल भएकालाई न्यायाधीश नियुक्ति गरेर गठबन्धन सरकारले संविधानमाथि नै हस्तक्षेप गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा समय लिएर बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘यो संविधानमाथिकै हस्तक्षेप हो ।’

‘तपाईँहरूले न्यायालयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको हो ?’, सत्ता गठबन्धनलाई प्रश्न गर्दै ओलीले भने, ‘सम्भव छैन । हामी पनि छौँ यो देशमा । हामी न्यायालयलाई स्वतन्त्र सम्मानित, मर्यादित न्यायालयका रूपमा राख्न चाहन्छौँ । तपाईँहरूको विभाग बनाउन दिँदैनौँ ।’

उनले न्यायाधीश नियुक्ति र सरुवा आइसवर्ग भएको भन्दै संवैधानिक दुर्घटनाको कारक बन्नसक्ने भएकाले सावधान हुन आग्रह समेत गरे । अध्यक्ष ओलीले नेपालको आर्थिक अवस्थाप्रति पनि टिप्पणी गर्दै अर्थतन्त्रमाथि सरकारले राजनीति गरिरहेको बताए ।

प्रकाशित मिति: Oct 3, 2023

प्रतिक्रिया दिनुहोस्