Logo
५ आश्विन २०८१, शनिबार
(September 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देश र जनताको हितका निम्ति पार्टी अग्रपंक्तिमा उभिन्छ : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश र जनताको हितको निम्ति आफ्नो पार्टी सदैव अग्रपंक्तिमा उभिन तयार रहेको बताएका छन् ।

यही असोज १४ गतेबाट सो पार्टीले झापाको मेची नदी किनारबाट सो अभियानको शुभारम्भ गर्दैछ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरबाट सो अभियानको पहिलो तयारी टोलीलाई विदाई गर्दै अध्यक्ष नेपालले सो अभियानले आम जनतामा समाजवादप्रति उत्साह ल्याउने र पार्टी कार्यकर्ता पंक्तिमा पनि जागरण ल्याउने विश्वास व्यक्त गरे ।

उनले सो अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे । अध्यक्ष नेपालले अभियानको क्रममा विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु आयोजना हुने र त्यसले समाजवादको सन्देश आम जनताको घरदैलोमा पु¥याउने बताए ।

अध्यक्ष नेपालले अभियानका क्रममा पार्टीको सदस्यता बिस्तारको काम पनि हुने बताए । उनका अनुसार सो अभियान असोज २८ गते महाकाली नदीको किनारामा पुगेर समापन हुनेछ ।

प्रकाशित मिति: Sep 29, 2023

प्रतिक्रिया दिनुहोस्