Logo
५ आश्विन २०८१, शनिबार
(September 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहसचिव भट्टराईद्वारा आन्दोलन फिर्ता लिन डाक्टरहरूलाई आग्रह

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले आन्दोलन फिर्ता लिन चिकित्सकहरूलाई आग्रह गरेका छन् । शुक्रवार शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समितिको बैठकमा आन्दोलनरत चिकित्सकहरूलाई सम्बाेधन गर्दै सरकारले माग पूरा गरेकोले आन्दोलन फिर्ता लिई उपचारमा फर्कन आग्रह गरे ।

विभिन्न अस्पतालमा चिकित्सक कुटपिटमा संलग्न व्यक्तिलाई ८ घण्टाभित्र पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाएको बताउँदै आन्दोलनरत चिकित्सकले उठाएका आधारभूत माग सरकारले पूरा गरिसकेको बताए ।

सचिव भट्टराईले भने– ‘तपाईँहरूले उठाएका अधिकांश माग पूरा गरेका छौँ । केही अराजक मान्छे विरुद्ध गरेको आन्दोलनका कारण अरू बिरामीहरू पीडित बन्नुपरेको कुरातिर तपाईँहरूको ध्यान पुगेको छ कि छैन ? मूल अपराधी पक्राउ गरी तपाईँहरूको माग पूरा गरेकोले अब आन्दोलन फिर्ता लिनुस् ।

समितिको बैठकमा चिकित्सकहरूका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले सरकारसँग सुरक्षाको माग गरेका छन् ।

प्रकाशित मिति: Sep 29, 2023

प्रतिक्रिया दिनुहोस्