Logo
५ आश्विन २०८१, शनिबार
(September 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्ष ओली बाहेक अरूले देशलाई समृद्धिको युगमा अगाडि बढाउन सक्दैनन् : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली बाहेक अरूले देशलाई समृद्धिको युगमा अगाडि बढाउन नसक्ने बताएका छन् ।

पार्टीको कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा विकास गरिनुपर्ने बताएका हुन् ।

उनले भने,’हामीले चाहेजस्तो परिणाम प्राप्त गर्न सकेनौँ । तर, जनताको रोजाईको‌ पहिलो‌ पार्टी बन्यो । तर, केन्द्रको‌ सरकारमा हामी हुन सकेनौँ ।’

महासचिव पोखरेलले एमाले सरकारमा नभएकोप्रति चिन्ता व्यक्त गरे ‌। एमाले एक्लैले सरकारको नेतृत्व गर्नेगरी विभिन्न अभियानहरु संचालन गरिरहेका उनले बताए ।

प्रथम कर्णाली अधिवेशनले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने र एकताको सन्देश दिनुपर्ने उनको भनाइ छ।

‘हामीले राष्ट्र निर्माणको नेतृत्व गरिरहेका बेला सबै मिलेर एमालेलाई हटाएको र एमाले नेतृत्वमा नहुँदा समाजमा वितृष्णा जागेको छ,’ उनले भने,’ आज एमालेलाई चौतर्फी घेराबन्दी गरिएको छ।’

महासचिव पोखरेलले एमालेविरुद्धको घेराबन्दीलाई तोडेर एमाले नेतृत्वको सरकार बनाउने अभियानमा जुट्न‌ जरुरी रहेको बताए । मिसन २०८४ मा एमाले एक्लैले बहुमत ल्याउने र सोही अनुसार नेता, कार्यकर्ताहरुलाई लाग्न उनले निर्देशन दिए ।

 

प्रकाशित मिति: Sep 27, 2023

प्रतिक्रिया दिनुहोस्