Logo
५ आश्विन २०८१, शनिबार
(September 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साझा प्रस्ताव आए इलाम–२ बाट चुनाव लड्न तयार छु : झलनाथ खनाल

एमालेका उपाध्यक्ष एवं इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गने निधन भएपछि सो क्षेत्र रिक्त रहेको छ । इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा रिक्त स्थानमा वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।

यद्यपि निर्वाचनको मिति सरकारसँग परामर्श गरेर तोक्नुपर्ने भएकाले सरकारले यसबारे अहिलेसम्म केही बोलेको छैन । यदि वैशाखमा निर्वाचन भएमा एमालेले कसलाई उम्मेदवार बनाउला भन्ने प्रश्न उठेको छ । धेरैले सुवासका कान्छा छोरा सुहाङलाई एमालेले टिकट दिन सक्ने अनुमान गरेको छ । यस विषयमा सुहाङले पनि पार्टीले सहयोग गरे बुवाको विरासत कायम राख्न आफू तयार रहेको प्रतिक्रिया दिइसकेका छन् ।

कतिपयले पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमालेबाट टिकट लिएर चुनावमा उठ्न लागेको प्रचार गरेका छन् । यी दुवै जना पात्रको विषयमा अहिलेसम्म एमालेले कुनै प्रतिक्रिया दिएको छैन । आफ्नो नाम जोडेर विभिन्न प्रचार भएपछि यसबारे खनालले मुख खोलेका छन् । रातोपाटीसँग कुराकानी गर्दै उनले चुनावमा उठ्नेबारे केही निर्णय नगरेको बताए । तर चुनावमा उठ्न एमाले, समर्थक, शुभचिन्तक लगायत धेरैले अफर गरेको उनले जिकिर गरे ।

प्रकाशित मिति: Sep 27, 2023

प्रतिक्रिया दिनुहोस्