Logo
५ आश्विन २०८१, शनिबार
(September 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महानगरबाट गरिब होइन,गरिबी लखेट्नु पर्छ :केपी ओली

नेकपा एमाले अध्यक्ष केपी ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फुटपाथ व्यापारीलाई गरेको निषेधमाथि टिप्पणी गरेका छन् ।

उनले महानगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन भन्दै मंगलबार सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका हुन् ।

‘हो, फुटपाथ हिँड्नकै लागि हो । पैदलयात्री सहज रूपमा हिँडून् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैन होला, मेरो पनि छैन । कुरा परम्परादेखि फुटपाथमा रोजी–रोटीका लागि गुजारा व्यापार गरिरहनुभएका मानिसको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो,’ उनले लेखेका छन् ।

अध्यक्ष ओलीले फुटपाथ (सडक) व्यापार परम्परागत नेवारी संस्कृतिको अंश भएको पनि बताएका छन्। उनले भनेका छन्, ‘असन, इन्द्रचोक, भोटाहिटीतिर ५०औँ वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौँ । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ ।’

उनले अहिले परम्परागत रूपमा चल्दै आएको कुरालाई एक्कासि परिवर्तन गर्न खोज्दा केही खलबली हुनु स्वाभाविक र वैज्ञानिक रहेको बताउँदै लेखेका छन्, ‘उपमेयरले भेट्नुभएको भन्ने सुनेँ। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुवै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधान निकाल्नुहोस् । हामीले महनगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन । समाधानको उपाय के हुन सक्छ, तपाईंहरूको विचार पनि राख्नुस् है !’

प्रकाशित मिति: Sep 26, 2023

प्रतिक्रिया दिनुहोस्