Logo
५ आश्विन २०८१, शनिबार
(September 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रीय समितिको नामावली सार्वजनिक गर्न लोसपाको बैठक

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका शीर्ष नेताहरू बैठक बस्ने भएको छ । केन्द्रीय समितिलगायत अन्य समितिको नामावली सार्वजनिक गर्नका लागि शीर्ष नेताहरूको बैठक बोलाइएको पार्टीका वरिष्ठ नेता एवं श्रम मन्त्री शरतसिंह भण्डारीले जानकारी दिएका हुन् ।

‘केन्द्रीय समिति गठनलगायत अन्य समितिको बारेमा छलफल हुन्छ । सम्भवतः आजै केन्द्रीय समितिको नामावली सार्वजनिक हुन्छ,’ रातोपाटीसँग भण्डारीले भने । केन्द्रीय समितिको नामावली हिजो नै सार्वजनिक गर्ने तय भएको तर शीर्ष नेताहरूको बैठक बस्न नसकेको कारण सार्वजनिक नभएको बताइएको छ ।

जसपाबाट अलग भएर लोसपा गठन भएको दुई वर्ष भइसके पनि अझै पार्टीको केन्द्रीय समिति बनेको छैन । कार्यकारिणी समितिको नामबाट पार्टी सञ्चालन भइरहेको छ । केन्द्रीय समितिलगायत अन्य समिति तथा वर्गीय संगठन निर्माणका लागि पटक–पटक प्रयास नभएको होइन, तर पार्टीको आन्तरिक विवादका कारण बन्न सकिरहेको थिएन ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिलगायत अन्य समितिको नामावली तयार गरेका छन् । ती नामहरूमाथि आजको बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति: Sep 25, 2023

प्रतिक्रिया दिनुहोस्