Logo
३ माघ २०८१, बिहीबार
(September 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशमा कोमामा रहेका नेपालीलाई नेपाल ल्याइने

वैदेशिक रोजगारीको क्रममा गम्भीर बिरामी परेर कोमामा पुगेका नेपालीहरूलाई स्वदेश ल्याइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोमामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने भएको हो ।

मन्त्री शरतसिंह भण्डारीले कोमामा रहेका नेपालीलाई स्वदेश फर्काएर नेपालमै कोमामा राख्ने व्यवस्था मिलाउन लागिएको बताए । त्यसका लागि सम्बन्धित देशमा रहेको राजदूतावासलाई यकिन तथ्याङ्क सङ्कलन गर्न भनिएको छ ।

दूतावासले कोमामा रहेका बिरामीहरूको यकिन तथ्याङ्क सङ्कलन गरेपछि उनीहरूलाई सरकारले नै नेपाल ल्याउने मन्त्री भण्डारीले बताए । नेपाल ल्याएपछि उनीहरूलाई नेपाली सरकारी अस्पतालमा नै उपचारको व्यवस्था मिलाउने उनको भनाई छ ।

केही दिनअघि विभिन्न देशका राजदूतहरूसँग भएको छलफलको क्रममा समेत यो विषयले प्राथमिकता पाएको थियो । सरकारले उनीहरूलाई नेपालमा कसरी फर्काउन सकिने र उपचार कसरी गर्ने भन्ने विषयमा छलफल गरेको थियो । विस्तृत विवरण आएपछि उनीहरूलाई स्वदेश फर्काउने र उपचार गर्ने कार्य योजना रहेको मन्त्री भण्डारीले बताए ।

वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका कतिपय नेपालीहरू गम्भीर बिरामी परेर कोमामा जाने गरेका छन् । उनीहरूलाई स्वदेश फर्काउन नसकिँदा सम्बन्धित देशमा अलपत्र अवस्थामा बस्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति: Sep 25, 2023

प्रतिक्रिया दिनुहोस्