Logo
५ आश्विन २०८१, शनिबार
(September 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० हिमालमा ४८ देशका आरोही चढ्ने अनुमति, सरकारले उठायो ४ करोड रुपैयाँ

शरदयाममा नेपालका १० वटा हिमाल आरोहण गर्न ४८ मुलुकका आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागद्धारा सार्वजनीक पछिल्ले पटक सार्वजनकि गरेको भएको भदौँ ५ गते सम्मको तथ्यांकमा यसतो देखिएको हो।

विभागका अनुसार अनुसार भदौ २९ सम्म८ हजार मिटर भन्दा अग्ला मनास्लु, मकालु धौलागिरि लगायतका १० हिमाल विभिन्न ४७ देशका आरोहीलाई पर्यटन विभागले अनुमति दिएको छ। आरोहणका लागि ८४ जना महिला र ३११ जना पुरुष गरि कु ३९५ जनाले अनुमति लिएका हुन।

सबैभन्दा बढी आरोहीको रोजाई मनास्लु बनेको छ। जसमा आरोहण गर्नका लागि ३ सय १ जनाले अनुमति लिएको पाईएको छ। त्यस्तै दोस्रोमा धौलागिरिका लागि २३ जना र तेस्रोमा आमा दब्लम हिमालको लागि १० जनाले अनुमति पाएका हुन।

विभागले आरोहण अनुमति जारी गर्दै ३ करोड ९९ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

यसपटक हिमाल आरोहणका लागि चीनबाट ६७, रुसबाट ३६, संयुक्त राज्य अमेरिकाबाट ३४ जनाले अनुमति लिएका छन। नेपालबाट जम्मा ४ जनाले लिएका अनुमति लियका छन।
आरोहण अनुमति लिने क्रम मध्यमंसिरसम्म जारी रहेकाले अझै यकिन संख्या आइसकेको छैन ।

गत वर्षको शरदयाममा १ सय ७६ आरोहण दलका लागि १४ सय ४१ जनालाई विभागले अनुमति दिएको थियो । नेपालले हरेक वर्ष वसन्त, शरद र ग्रीष्म सिजनमा नेपालका हिमाल आरोहणका लागि अनुमति जारी गर्छ ।

यी हिमाल आरोहणका लागि सबैभन्दा धेरै सलामी दस्तुर वसन्तयाम र सबैभन्दा कम ग्रीष्मयाममा छ । नेपालले आरोहण लगायतका साहसिक गतिविधिका लागि ४ सय १९ हिमाल खुला गरेको छ । यीमध्ये ६८ हिमालमा अझै आरोहण हुन सकेको छैन ।

tourism-data

प्रकाशित मिति: Sep 24, 2023

प्रतिक्रिया दिनुहोस्