Logo
५ आश्विन २०८१, शनिबार
(September 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई महासमितिमा समेट्छौँ : शेरबहादुर देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई पार्टीको महासमितिमा समेट्ने बताएका छन् ।

सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकको सुरुमै सभापति देउवाले थप ८ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी गराउँदै अझै धेरै नेताहरू छुटेको बताएका हुन् ।

उनले छुटेका नेताहरूलाई महासमितिमा समेटेर लैजाने आश्वासन समेत दिए । ‘केन्द्रीय कार्यसमितिमा केही साथीहरूलाई मनोनीत गरिएको छ । ठाउँ कम छ, त्यसैले धेरै साथीहरू छुट्नुभएको छ,’ उनले भने, ‘छुटेका नामहरू तपाईँहरूले पनि भन्नुहोला, महासमिति सदस्यमा अरू साथीहरूलाई अटाउँला ।’

काँग्रेसको विधानबमोजिम हरेक दुई महिनामा कम्तीमा एक पटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान छ । सभापति देउवाले १४ औँ महाधिवेशनपछि पहिलो पटक विधानबमोजिम समयमै केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

प्रकाशित मिति: Sep 21, 2023

प्रतिक्रिया दिनुहोस्