Logo
५ आश्विन २०८१, शनिबार
(September 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी सरुवा-बढुवामा अवाञ्छित चलखेल शून्यमा झारिएको छ : गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सरुवा बढुवामा चलखेल शून्यमा झारिएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले कार्यक्षमता, नियमसंगत, पारदर्शी ढङ्गले सरुवा बढुवाको काम गरिरहेको बताएका हुन् ।

सरुवा बढुवाको मापदण्ड अझै अपुराे भएकोले त्यसलाई सुधार गरेर जान आवश्यक समेत भएको उल्लेख गरे । सरुवा, बढुवा तथा पदस्थापनमा आन्तरिक सुशासन कार्यान्वयन गरिरहेको बताउँदै पैसा वा अन्य कारणबाट हुने अवाञ्छित गतिविधि नियन्त्रण गरेको बताए ।

प्रकाशित मिति: Sep 21, 2023

प्रतिक्रिया दिनुहोस्