Logo
५ आश्विन २०८१, शनिबार
(September 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठूला काण्डमा उन्मुक्ति दिएको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

ठूला काण्डमा राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरुलाई उन्मुक्ति दिएको भन्दै नागरिक अगुवाहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई पत्र लेखेका छन् ।

पूर्वमन्त्री निलाम्बर आचार्य, पूर्वअख्तियार प्रमुख सूर्यनाथ उपाध्याय, पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, मानवअधिकार कर्मी सुशील प्याकुरेल र कनकमणि दक्षितले संयुक्त रुपमा प्रधानमन्त्री दाहाललाई पत्र लेख्दै ठूला काण्डमा राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरुलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

विशेष गरी नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन तस्करी काण्डमा प्रमाण सार्वजनिक हुँदा पनि राजनीतिक व्यक्तिहरुलाई छुट दिएकोमा उनीहरुको विरोध छ ।

प्रधानमन्त्री दाहाललाई प्रेषित पत्रमा उल्लेख गरिएको छ, ‘राजनीतिक नेतृत्व भएको आभास हुँदा हामी यो पत्र लेख्न बाध्य भएका छौं। यो निश्चित छ, यस्ता विशाल काण्ड, प्रभावशाली पदाधिकारी र पहुँच भएका व्यक्तिहरूको स्वीकृति विना सम्भव हुँदैन । अपराधिकतालाई नै प्रश्रय दिने नेतृत्व भयो भने मुलुक बलियो बन्दैन, विकास हुँदैन, न्याय हुँदैन र राष्ट्रिय स्वाधीनता पनि शुद्ध बन्दैन ।’

प्रकाशित मिति: Sep 17, 2023

प्रतिक्रिया दिनुहोस्