Logo
५ आश्विन २०८१, शनिबार
(September 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६० केजी सुन प्रकरण : अहिलेसम्म ३२ जना पक्राउ, सीआईवीका ४२ जनाले ३५ दिनसम्म गरे अनुसन्धान

तस्करीको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेका छन् । जसमा २३ जना नेपाली र ९ विदेशी छन् । त्यसमध्ये अझै १८ जना फरार छन् । त्यसमा १४ विदेशी ४ नेपाली रहेका छन् ।

बुधबार सीआइबीले गरेको पत्रकार सम्मेलनमा सीआइवीका प्रमुख किरण वज्राचार्यले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का ४२ जनाको टोलीले ३५ दिन गलाएर सो अनुसन्धान गरेको जानकारी दिइन् । साथै उनले सिआइवीले तयार पारेको प्रतिवेदन आजै जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्ने जानकारी पनि दिइन् ।

तस्करीको सुन अनुसन्धानमा खासगरी तीन टोली बनाएर अधिकृतहरू खटिएको प्रहरीले जनाएको छ । जसमा फस्ट टेक्निकल टिम, एक्पोर्ट टिम र इन्गेष्टिभ टिम बनाइएको थियो । ती टोलीले दैनिक १८ घण्टासम्म काम गरेको पनि प्रमुख बज्राचार्यले जानकारी दिइन ।

प्रकाशित मिति: Sep 13, 2023

प्रतिक्रिया दिनुहोस्