Logo
५ आश्विन २०८१, शनिबार
(September 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थतन्त्र सकारात्मक बन्दै गएको छ, अब घर जग्गा र गाडीको व्यापार बढ्छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधार हुँदै गएको र अब घरजग्गा तथा गाडीको व्यापार बढेको बताएका छन।

मन्त्री महतले मंगलबार काठमाडौँको भृकुटीमण्डमा सुरु भएको नाडा अटो शो–२०२३ मा को कार्यक्रममा बोल्दै यस्तो बताएका हुन।

अहिले देश अर्थतन्त्र सकारात्मक बन्दै गएको बताए । उनले भने, “बिस्तारै देशको अर्थतन्त्र सुधार तिर गइरहेको छ । अब घर जग्गा कारोबार र अटो व्यावसाय बढ्छ जान्छ ।”

निजी क्षेत्रका अधिकांश समस्यालाई सरकारले समाधान तिर लैजादै जाने विश्वास मन्त्री महतले ब्यक्त गरे । शो ६ दिनसम्म संचालन हुनेछ । उक्त प्रदर्शनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुजाका साथै राष्ट्रिय ब्राण्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूले सहभागिता जनाएका छन् ।

प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धि सेवा सुविधा दिने नाडाले जनाएको छ । नाडाका अनुसार वित्तिय सेवा, बिक्रिपछिका सेवा आदिका छुट्टा स्टलहरु रहने छन् ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाइरी, २२ वटा बाण्डका दुई पाइने, ७ वटा ब्राण्डका नाइट कमर्शियल भेहिकल ९ वटा वित्तिय संस्था तथा ३० वटा विकेन्ट, टायर प्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति: Sep 12, 2023

प्रतिक्रिया दिनुहोस्