Logo
५ आश्विन २०८१, शनिबार
(September 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्जिनियरिङ शिक्षाको शुल्क व्यवस्थापनबारे अन्योल कायमै

इन्जिनियरिङ अध्ययन संस्थानमा शुल्क व्यवस्थापनबारे अन्योल कायमै रहेको छ । स्नातक तहको शुल्क वृद्धि गर्ने संस्थानको निर्णयपछि त्रिभुवन विश्वविद्यालय र संस्थानले विद्यार्थीहरूसँग छुट्टा छुट्टै सहमति गरेका थिए ।

नेविसंघ, अखिल क्रान्तिकारी लगायतका ५ विद्यार्थी सङ्गठनहरूसँग शुल्क व्यवस्थापनबारे अध्ययन गर्न समिति बनाउने सहमति गरेको थियो ।

यसैगरी अनेरास्ववियु, स्ववियु लगायतसँग गरिएको सहमतिमा शुल्क वृद्धि फिर्ता लिने भन्ने थियो । शुल्क वृद्धि विवादबारे फरक फरक सङ्गठनहरूसँग फरक फरक खालको सहमति गरेको थियो ।

उक्त सहमतिप्रति विद्यार्थी संगठनका तल्ला कमिटीहरूले आपत्ति जनाउँदै आएका छन् । पुल्चोक इन्जिनियरिङ कलेजमा क्रियाशील विद्यार्थी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै शुल्क व्यवस्थापनबारे अन्यौलता अन्त्य गर्न माग गरेका छन् ।

संस्थानले केही दिन अगाडि शुल्क व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको थियो । उक्त समितिलाई सात दिने अल्टिमेटम दिइएको थियो । तर, समिति बनेको एक साता बित्न लाग्दा समेत छलफल हुन सकेको छैन ।

विषम परिस्थितिमा सम्पूर्ण विद्यार्थीहरू एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देशका साथ संस्थान अन्तर्गत अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा सरिक रहेको बताएका छन् । तर, बाहिरी हस्तक्षेप र त्रिवि उपकुलपति कार्यालयसँग भएको फरक फरक सहमतिपछि शुल्क वृद्धि विरुद्धको आन्दोलनमा फरक तरङ्ग पैदा भएको उनीहरूको भनाइ छ । आन्दोलनको औचित्य र माग एउटै हुँदा हुँदै विद्यार्थीहरूलाई एक अर्कासँग लडाएर विभाजन गरिएको विद्यार्थीहरूको आरोप छ ।

प्रकाशित मिति: Sep 12, 2023

प्रतिक्रिया दिनुहोस्