Logo
५ आश्विन २०८१, शनिबार
(September 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने नेम्वाङको सपना अधुरो रह्यो : पूर्व सभामुख सापकोटा

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सुवासचन्द्र नेम्वाङको चाहना अपुरो भएकोमा दुःख व्यक्त गरेका छन् ।

संसद्मा विचाराधीन सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी संशोधित विधेयक पारित गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सम्बन्धमा चार दिन नेम्वाङसँग टेलिफोन वार्तालाभ भएको सापकोटाले सुनाए ।

‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सम्बन्धमा चार दिनअघि मैले उहाँसँग कुराकानी गरेको थिएँ । सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी संसद्मा विचाराधीन विधेयक पारित गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सम्बन्धमा उहाँको तीव्र चाहना थियो । यस विषयमा आफूले सक्दो सहयोग गर्ने वचन दिएका थिए तर उक्त चाहना पुरा नभएको अत्यन्तै दुखित छु’, उनले भने ।

नेम्वाङले संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले संसद्मा पनि उनले सन्तुलित भूमिका खेलेको बताए । एमालेको उपाध्यक्षसमेत रहेका नेम्वाङ अन्तरिम संसद् र संविधानसभा गरी ९ वर्ष सभामुख-अध्यक्ष भएका थिए । उनको मंगलबार बिहान ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।

प्रकाशित मिति: Sep 12, 2023

प्रतिक्रिया दिनुहोस्