Logo
५ आश्विन २०८१, शनिबार
(September 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

सरकारले संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए ।

सरकारले नेम्वाङको निधनमा एक दिन बिदा पनि दिने निर्णय गरेको छ । अन्त्येष्टिका दिन सो बिदा दिइने छ । छोराहरु विदेशबाट आएपछि नेम्वाङको अन्त्येष्टि गरिने छ । त्यसअघि नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलमा राखिने छ । नेम्वाङको गएराति निधन भएको थियो ।

प्रकाशित मिति: Sep 12, 2023

प्रतिक्रिया दिनुहोस्