Logo
५ आश्विन २०८१, शनिबार
(September 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेम्वाङको निधनबाट मुलुकले शालीन राजनीतिज्ञ गुमाएको छ : अध्यक्ष रेग्मी

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकले शालीन र सन्तुलित राजनीतिज्ञ गुमाएको बताएका छन् ।

उनले कानुनी क्षेत्रको पृष्ठभूमि भएकाले राजनीतिक, कानुनी र संवैधानिक इतिहासमा पूर्वसभामुख नेम्वाङको समन्वयकारी क्षमतासहितको योगदान स्मरण भइरहने उल्लेख गरे ।

पूर्वअध्यक्ष रेग्मीले भने, “सुवासजीको न्याय क्षेत्रमा राम्रो प्रभाव थियो, राजनीतिक र संवैधानिक व्यवस्थामा समन्वयकारी भूमिका निर्वाह गरेर संविधान जारी गर्न उनले समन्वयकारी भूमिका खेल्नुभयो ।”

नजिकबाट चिनेको व्यक्ति भएकाले सुवासजीको निधनको खबरले साह्रै दुःख लागेको बताउँदै उनले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जलिका साथै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति: Sep 12, 2023

प्रतिक्रिया दिनुहोस्