Logo
५ आश्विन २०८१, शनिबार
(September 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार ढल्ने चिन्ता छैन, भ्रष्टाचारविरुद्धको अभियान रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट अतालिएका तत्त्वहरूले सरकारविरुद्ध षड्यन्त्र गरिरहेको बताएका छन् ।

सोमबार विराटनगरमा समाजवादी मोर्चाले गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरोधी अभियान चलाउँदा आफ्नो सरकार कति दिन टिक्छ भन्ने चिन्ता नभएको दाबी समेत गरे ।

‘सरकार कति दिन टिक्छ भन्ने मलाई चिन्ता छैन, भ्रष्टाचारविरुद्धको अभियान अन्तिमसम्म पुर्‍याउने मेरो प्रतिबद्धता छ,’ प्रधानमन्त्रीको भनाई छ ।

उनले नक्कली भुटानी शरणार्थीबाट सुरु भएको भ्रष्टाचार विरोधी अभियान सुन तस्करी, ललिता निवास हुँदै अघि बढेको पनि बताए ।

प्रकाशित मिति: Sep 11, 2023

प्रतिक्रिया दिनुहोस्