Logo
५ आश्विन २०८१, शनिबार
(September 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एन्फा अध्यक्ष र महासचिवलाई बर्खास्तीको माग गर्दै असन्तुष्ट पक्षको निवेदन

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै एन्फामा निवेदन परेको छ । एन्फामा आबद्ध ४८ सदस्य तथा क्लब अध्यक्षले उनीहरुलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका हुन् ।

सदस्यहरूले एन्फाको विधान धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष साधारणसभा बोलाउनका लागि निवेदन दिएको निवेदनमा उल्लेख छ ।

जसअनुसार नेम्वाङ र राईलाई बर्खास्त गर्ने एजेन्डा राख्न राखिनुपर्ने उनीहरुको माग छ । ४० प्रतिशत सदस्यको निवेदनपछि २३ असोजसम्ममा विशेष साधारण सभा बोलाउनु पर्ने एन्फाको विधान व्यवस्था छ ।

प्रकाशित मिति: Sep 11, 2023

प्रतिक्रिया दिनुहोस्