Logo
६ आश्विन २०८१, आईतबार
(September 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजवादी मोर्चा जनताको नेतृत्व गर्न स्थापना भएको हो : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा नेपाली जनताको नेतृत्व गर्न स्थापना भएको बताएका छन् ।

समाजवादी मोर्चाले आइतबार हेटौंडामा गरेको प्रदेशस्तरीय सन्देशसभामा बोल्दै विप्लवले जनतामा रहेको अन्योल अन्त्य गर्न मोर्चा निर्माण भएको बताए ।

अहिले नेपाली जनतामा उकुसमुकुस पैदा भएको र नेपाली जनताले लडेर प्राप्त गरेको उपलब्धि फेरि गुम्ने त हैन भन्ने प्रश्न खडा भएको समयमा निर्माण भएको समाजवादी मोर्चाको उद्देश्य महत्वपूर्ण भएको उनको भनाइ छ ।

समाजवादी मोर्चा कुनै दलालहरुको षड्यन्त्र, सामन्तवादको खेलबाट भंग नहुने बताउँदै विप्लवले समाजवादी मोर्चा जुनसुकै चुनौतीको सामना गर्न तयार रहेको बताए ।

अहिले सरकारले राम्रो काम गर्न खोज्दा साम्रज्यवादीहरुले घेरा हाल्ने काम भैरहेको भन्दै उनले षड्यन्त्रलाई क्रान्तिद्वारा परास्त गरिने बताए ।

प्रकाशित मिति: Sep 10, 2023

प्रतिक्रिया दिनुहोस्