Logo
२ माघ २०८१, बुधबार
(September 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यावधि निर्वाचनबाट डरायो ठुला दलहरु : कांग्रेसले कोशी सरकारलाई बिना शर्त समर्थन दिने !

कोशी प्रदेश स्थित त्यहाँका ठूला राजनीति दलहरु संभावित मध्यावधि निर्वाचनबाट डराएका छन् । मध्यावधि निर्वाचनमा ठुला दलहरुको हारको संकेत देखिएपछि उक्त दलहरु डराएका हुन् ।

अदालतको परमादेशबाट बनेको कोशी प्रदेश सरकारलाई केहि दिनपछि विश्वासको मत लिनुपर्ने हुन्छ तर श्रोत भन्छ -‘उक्त दिन नेपाली कांग्रेसले बिना शर्त सरकारलाई सर्मथन लिनेछ ।’

‘हामि मध्यावधि निर्वाचनमा जान चाहदेनौं, देशको अवस्था पनि ठिक छैन’ नेपाली कांग्रेसका एक नेताले भने ‘मध्यावधि गराउनुभन्दा हामिले अहिलेकै सरकारलाई बिना शर्त समर्थन दिनु प्रदेशको हितमा छ’ । उनले भने -‘संघीयतालाई बचाउनु हाम्रो पहिलो दाइत्व हो। अदालतले बनाइदिएको सरकारलाई समर्थन हामिलाई कुनै समस्या छैन ।’

यता, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल भइरहेको बताएका छन् ।

आज सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा बोल्दै उनले पहिलादेखि नै कांग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार निर्माण गर्नुपर्छ भनेको भए पनि ठुलो पार्टीलाई निषेध गरी संविधान मिच्ने काम सत्ता गठबन्धनबाट भएको बताए ।

उनले प्रदेशप्रतिको वितृष्णा बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति अहिले नै आउँदा देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै कांग्रेस समाधानको बाटोमा जानुपर्ने बताए । प्रदेशको हित र संविधानको रक्षामा कांग्रेसले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए ।

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरू मागेको र आफूले चीनसँग विश्वास बटुलेर आउन सुझाव दिएको बताए ।

उनले नेपाल र चीन सम्बन्ध सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो की भन्ने शङ्का चिनियाँहरूले गरिरहेको भन्दै त्यसलाई प्रधानमन्त्रीले चिर्नुपर्ने बताए ।

प्रकाशित मिति: Sep 10, 2023

प्रतिक्रिया दिनुहोस्